1 Kings 18:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता वेदीको छेउमा गएर प्रार्थना गर्न लागे, “हे परमप्रभु, अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर, तपाईं इस्राएलमा परमेश्‍वर हुनुहुन्‍छ र म तपाईंको सेवक हुँ र तपाईंको आज्ञाले यी सबै काम गर्दै छु भनी प्रमाण दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बलिदानको बेलामा एलिया अगमवक्ताले अगि बढ़ेर प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, इस्राएलमा तपाईं परमेश्‍वर हुनुहुन्‍छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बलिदानको समयमा एलिया अगमवक्ता वेदीको अगि बढे, र यसरी प्रार्थना गरे: “हे याहवेह, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईं नै इस्राएलमा परमेश्‍वर हुनुहुन्छ। म तपाईंको सेवक हुँ, र मैले यी सबै तपाईंकै आदेशमा गरेको हुँ भनेर आज थाहा होस्।
Nepali ERV (पवित्र बाइबल)
यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।