1 Kings 19:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमान् परमेश्वर, मैले सधैँ तपाईंको, केवल तपाईंको सेवा जोशको साथ गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित बाँधेका करार तोडे, तपाईंका वेदीहरू भत्काए र तपाईंका सबै अगमवक्ताहरूलाई मारे। म एक जना मात्र बाँचेको छु र तिनीहरू मलाई मार्ने कोसिसमा छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “सर्वशक्तिमान् परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करार त्यागेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्रै बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
एलियाले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान परमेश्वर, सधैं मैले सकेसम्म तपाईंको सेवा गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित भएको करार तोेडेका छन् तिनीहरूले तपाईंका वेदीहरू भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। म मात्र यस्तो अगमवक्ता हुँ जो अहिलेसम्म जिउँदै छु अनि अहिले तिनीहरू मलाई मार्ने प्रयास गर्दैछन्।”