1 Kings 19:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बाहिर गएर पर्वतको टुप्पामा मेरो सामु उभी,” परमप्रभुले उनलाई भन्नुभयो। तब परमप्रभु त्यहाँबाट भएर जानुभयो र एउटा प्रचण्ड बतास पठाउनुभयो। त्यसले डाँडाहरू चिर्यो र चट्टानहरू टुक्रा-टुक्रा पार्यो, तर बतासमा परमप्रभु हुनुहुन्नथ्यो। बतास थामियो र त्यसपछि भूइँचालो गयो तर भूइँचालोमा परमप्रभु हुनुहुन्नथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले भन्नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्थितिमा खड़ा हो, किनकि परमप्रभु त्यहाँबाट जान लाग्नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्नथ्यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्नथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भन्नुभयो, “गएर पर्वतमा याहवेहको उपस्थितिमा खडा हो। किनकि याहवेह त्यहाँबाट भएर जाँदैहुनुहुन्छ।” तब एउटा शक्तिशाली बतास आएर पर्वतलाई फुटाइदियो अनि चट्टानलाई याहवेहको सामु छिन्नभिन्न पारिदियो। तर त्यस बतासमा याहवेह हुनुहुन्नथ्यो। बतासपछि भुइँचालो आयो, तर त्यस भुइँचालोमा याहवेह हुनुहुन्नथ्यो।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूइँचालो शुरू भयो तर त्यो भूइँचालोमा पनि परमप्रभु हुनुहुन्न थियो।