1 Kings 19:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशा आफ्ना गोरु छोडेर एलियाको पछि दगुरे र भने, “म मेरा माता-पितालाई म्वाइँ खाएर बिदा लिन पाऊँ र म तपाईंसित जानेछु।” एलियाले जवाफ दिए, “ठीक छ, जाऊ, मैले तिमीलाई रोकेको छैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीशाले आफ्ना गोरुहरू छोड़ेर एलियाको पछिपछि दगुरे, र भने, “कृपा गरी मलाई आफ्ना बुबा र आमालाई चुम्बन गरेर बिदा हुन दिनुहोस्। त्यसपछि म तपाईंको पछि लाग्नेछु।” एलियाले जवाफ दिए, “जाऊ न, मैले तिमीलाई के गरेको छु र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलीशाले आफ्ना गोरुहरू छोडे, र तिनी एलियाको पछि-पछि दगुरे। तिनले भने, “मलाई मेरा पितालाई चुम्बन गर्न र आमासित बिदा माग्न दिनुहोस्, र म तपाईंसँग आउनेछु।” एलियाले जवाफ दिए, “फर्किएर जाऊ, मैले तिमीलाई के गरेको छु र?”
Nepali ERV (पवित्र बाइबल)
तत्कालै एलीशाले गोरूहरू छोेडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुसरण गर्नेछु।” एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिन।”