1 Kings 19:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एलीशाले एलियालाई छोडेर गए। उनले आफ्नो एक हल गोरु लिएर मारे। उनले हलोका काठहरू बालेर मासु पकाएर मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्यसपछि उनी एलियाको पछि लागे र उनको सेवा गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीशाले एलियालाई छोड़ेर गए। तिनले आफ्नो एक हल गोरु लिएर मारे। तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियाको पछि लागे, र तिनका चाकर भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एलीशा तिनलाई छोडेर फर्किए। तिनले आफ्नो एक हल गोरुलाई लिएर मारे। तिनले हलोका काठहरू बालेर मासु पकाए; र मानिसहरूलाई ती दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियालाई पछ्याउन गइहाले, र तिनका सेवक भए।
Nepali ERV (पवित्र बाइबल)
तब एलिशाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे। उनले हलोको काठको प्रयोगदाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुसरण गर्न थाले। एलीशा एलियाका सहायका बने।