1 Kings 2:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मलाई स्थिर गर्नुहुने र मलाई मेरा पिता दाऊदको सिंहासनमा बसाल्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि आज नै अदोनियाह मारिनेछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मलाई मेरा पिता दाऊदको सिंहासनमा नियुक्त गर्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खड़ा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्छु, कि आज नै अदोनियाह मारिनेछ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब म शपथ खान्छु, जसले मलाई आफ्ना पिता दावीदको सिंहासनमा दृढतासाथ स्थापित गर्नुभयो र आफूले प्रतिज्ञा गर्नुभएझैँ, मेरा निम्ति एउटा वंश स्थापित गर्नुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, अदोनियाह आजै मारिनेछ!”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई इस्राएलको राजा बनाउनुभयो। उहाँले मलाई मेरा पिता दाऊदको राज-सिंहासन दिनुभएकोछ परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो अनि राज्य म र मेरो परिवारलाई दिनुभयो। जसरी साँच्चैनै परमप्रभु जीवित हुनुहुन्छ भने अदोनिया आजनै मर्नेछ।”