1 Kings 2:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सोलोमनले अबियाथारलाई परमप्रभुको पूजाहारीको कामबाट खारेज गरिदिए र यसरी शीलोमा पूजाहारी एली र उनका सन्‍तानहरूबारे परमप्रभुले भन्‍नुभएको वचन पूरा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले सोलोमनले अबियाथारलाई परमप्रभुका पूजाहारीको कामबाट खारिज गरिदिए। यसरी नै शीलोमा एलीका घरानाको विषयमा परमप्रभुले दिनुभएको वचन पूरा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सोलोमनले अबीयाथारलाई याहवेहको पुजारी पदबाट हटाइदिए। यसरी याहवेहले शीलोमा एलीको घरानाको विषयमा भन्‍नुभएको कुरा पूरा गरे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोम बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।