1 Kings 2:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको खबर योआबले पाए। (उनले अदोनियाहको पक्ष लिएका थिए तर अब्‍शालोमको चाहिँ होइन) यसकारण उनी भागेर परमप्रभुको पवित्र पालमा गए र वेदीका दुई कुनाका चोसाहरू समातेर उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यो समाचार योआबकहाँ पुग्‍यो, जसले अब्‍शालोमसँग होइन, तर अदोनियाहसँग षड्‌यन्‍त्र रचेको थियो, तब उनी परमप्रभुको पालमा भागेर गए, र वेदीका सीङहरू समातेर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यो खबर योआबकहाँ पुग्यो, जसले पहिले अब्शालोमसित त होइन, तर अदोनियाहसित मिलेर षड्यन्त्र गरेका थिए। तब योआब याहवेहको पालमा भागेर गए; अनि वेदीका सिङहरू समाते।
Nepali ERV (पवित्र बाइबल)
योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे।