1 Kings 2:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआब भागेर परमप्रभुको पवित्र पालमा गई वेदीछेउ बसेको छ भन्‍ने खबर सोलोमन राजाकहाँ पुग्‍यो। सोलोमन राजाले योआबलाई मार्न बनायाहलाई पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योआब परमप्रभुको पालमा भागेर वेदीको छेउमा बसेका छन्‌ भन्‍ने कुरा जब राजा सोलोमनले सुने, तब तिनले यहोयादाका छोरा बनायाहलाई योआबलाई हिर्काएर मार्ने हुकुम दिएर पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआब पालमा भागेर गई वेदीको छेउमा बसेको कुरा राजा सोलोमनलाई बताइयो। तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई “जाऊ गएर तिनलाई मार” भनेर आज्ञा दिए।
Nepali ERV (पवित्र बाइबल)
कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।