1 Kings 2:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र परमप्रभु तिम्रा परमेश्‍वरले जे आज्ञा गर्नुहुन्‍छ, ती मान। मोशाका व्‍यवस्‍थामा लेखिएका सबै उहाँका नियम र आज्ञाहरू पालन गर र तिमी जहाँ गए पनि तिमीले जे कुरामा हात हाल्‍नेछौ, त्‍यसमा तिम्रो फलिफाप हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमप्रभु आफ्‍ना परमेश्‍वरतिरको आफ्‍नो कर्तव्‍य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्‍यवस्‍थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्‍छौ, त्‍यसमा तिम्रो उन्‍नति होस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तेरा परमेश्‍वरले चाहनुभएका सबै कुरा पालन गर्नू: उहाँमा आज्ञाकारी हुनू, र मोशाको व्यवस्थामा लेखिएझैँ, उहाँका सबै उर्दीहरू र आदेशहरू, उहाँका नियमहरू अनि विधिहरू पालन गर्नू; ताकि तैँले जे गर्छस्, र तँ जहाँ जान्छस्, त्यहाँ तेरो उन्‍नति होस्।
Nepali ERV (पवित्र बाइबल)
अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्।