1 Kings 2:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले परमप्रभुको पवित्र पालमा गई योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउने आज्ञा गरेका छन्।” योआबले उत्तर दिए, “अँहँ, म यहीँ मर्नेछु।” बनायाह राजाकहाँ फर्किगए र योआबले भनेका कुरा सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले बनायाह परमप्रभुको पालमा पसे र योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ’।” तर योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्छु।” बनायाहले राजालाई योआबको कुरा सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बनायाहले याहवेहको पालमा गएर योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ!’ ” तर तिनले जवाफ दिए, “होइन, म यहीँ मर्नेछु।” बनायाहले राजालाई योआबले भनेका कुरा भनिदिए।
Nepali ERV (पवित्र बाइबल)
बनायाह परमेश्वरको पालमा गए अनि योआबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइज!”‘ तर योआबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।” यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योआबले भनेको कुरा बताए।