1 Kings 2:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले भने, “योआबले भनेझैँ गर। त्यसलाई मारेर गाडिदेऊ। त्यसो भएपछि योआबले निर्दोष मानिसहरू मारेर गरेको दोषको निम्ति म वा दाऊदका अरू कुनै सन्तान अब उसो जिम्मावार रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले बनायाहलाई हुकुम गरे, “त्यसले भनेअनुसार नै गर। त्यसलाई मारेर गाड़िदेऊ, र यसरी योआबले निर्दोष रगत बगाएको दोष म र मेरा पिताको घरानाबाट क्षमा गरिदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले बनायाहलाई हुकुम दिए, “तिनले भनेझैँ गर। तिनलाई मारेर गाडिदेऊ, र म र मेरा पिताका घरानालाई योआबले बगाएको निर्दोष रगतको दोषबाट शुद्ध गरिदेऊ।
Nepali ERV (पवित्र बाइबल)
तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो।