1 Kings 2:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पिता दाऊदलाई थाहै नदिई योआबले गरेको हत्याको कारणले परमप्रभुले उसलाई दण्ड दिनुहुनेछ। योआबले आफूभन्दा असल दुई जना निर्दोष मानिसहरू इस्राएली सेनाका सेनापति अबनेर र यहूदाका सेनापति अमासालाई मारेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले बगाएको रगतको सट्टा परमप्रभुले त्यसलाई नै लिनुहुनेछ, किनभने मेरा पिता दाऊदले थाहै नपाई त्यसले आफूभन्दा अझ असल र सोझा दुई जना निर्दोष मानिसहरूलाई— इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासालाई— आक्रमण गरेर तरवारले मारेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनले बगाएको रगतको साटो फेर्नुहुनेछ। किनकि मेरा पिता दावीदको जानकारीविना नै तिनले दुई जना मानिसहरूमाथि आक्रमण गरेर तिनीहरूलाई तरवारले मारे। ती दुवैलाई अर्थात् इस्राएलको फौजका सेनापति नेरका छोरा अबनेर अनि येतेरका छोरा, यहूदाको फौजका सेनापति अमासा, जो तिनीभन्दा असल र सोझा मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
योआबले ऊ भन्दा धेरै निर्दोष मानिसहरूको हत्या गर्यो। तिनीहरू नेरका छोरा अबनेर अनि येतेरका छोरा अमासा थिए। अबनेर इस्राएलको सेनाका सेनापति थिए अनि अमासा यहूदाको सेनाका सेनापति थिए। मेरो पिता दाऊद यहाँ थिएनन् तिनीहरू योआबद्वारा मारिएको हो भनि यसकारण परमप्रभुले योआबलाई उसले मारेका मानिसहरूको दण्ड दिनुहुनेछ।