1 Kings 2:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले उहाँका आज्ञाहरू पालन गर्यौ भने मेरो सन्तानले सावधान भई उहाँका आज्ञाहरू आफ्ना पूरा हृदय र मनले विश्वाससित जबसम्म पालन गर्लान्, तबसम्म तिनीहरूले इस्राएलमा राज्य गर्नेछन् भनी परमप्रभुले मलाई दिनुभएको प्रतिज्ञा उहाँले कायम राख्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्: ‘यदि तेरा सन्तानले आफू कसरी रहनुपर्छ भनी ध्यान गरे र यदि तिनीहरू आफ्ना पूरा हृदय र प्राणले मेरो दृष्टिमा विश्वासपूर्वक हिँड़े भने, इस्राएलको सिंहासनमा विराजमान हुनलाई तँलाई उत्तराधिकारीको कहिल्यै अभाव हुनेछैन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले ‘तेरा सन्तानहरू होसियारीसाथ हिँडे भने र मेरो सामु आफ्ना सारा हृदय र प्राणले विश्वासयोग्य भएर हिँडे भने तँलाई इस्राएलको सिंहासनमाथि बस्ने मानिसको अभाव हुनेछैन’ भनी मसित गर्नुभएको प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।”‘