1 Kings 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसबाहेक अरू कुरा पनि छ। योआबले मसित कस्‍तो व्‍यवहार गरेको थियो, त्‍यसले कसरी इस्राएलका दुई सेनापतिहरू नेरको छोरो अबनेर र येतेरको छोरो अमासालाई मारेको थियो, त्‍यो तिमीलाई याद छ। ती दुई सेनापतिहरूले लडाइँको समयमा मानिसहरू मारेका थिए तर योआबले मिलापको समयमा बदला लिएर तिनीहरूलाई मारेको थियो भनी तिमीलाई थाहा हुनुपर्छ। त्‍यसले निर्दोष मानिसहरूलाई मारेको थियो र त्‍यसको जिम्‍मेवार अहिले म भएको छु र त्‍यसको फल भोग्‍दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सरूयाहको छोरो योआबले मलाई के गर्‍यो— इस्राएलका दुई सेनापतिहरू नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई त्‍यसले के गर्‍यो यो कुरा तिमी आफैलाई थाहै छ। लड़ाइँको समयमा झैँ शान्‍तिकै अवस्‍थामा छँदा पनि त्‍यसले तिनीहरू दुवैलाई मार्‍यो। त्‍यही रगतले आफ्‍ना पटुका र खुट्टाका जुत्तालाई कलङ्कित पार्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सरूयाहका छोरा योआबले मलाई र इस्राएलका दुई सेनापति नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई के गर्‍यो, त्यो तँलाई थाहै छ। त्यसले लडाइँको समयमा जस्तै गरेर, शान्तिकै समयमा तिनीहरूको रगत बगाएर तिनीहरूलाई मार्‍यो अनि त्यो रगतले आफ्नो कम्मरपेटी र खुट्टाका जुत्ता रङ्गायो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले यो पनि भने, “तँलाई थाहै छ, सरूयाहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अबनेर अनि येतेरको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रगतले उसको तरवारको बेंड पटुका र खुट्टाको जुत्ता रंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्थो।