1 Kings 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामका राजा बेन-हददले आफ्‍ना सारा सेना भेला गरे र अरू बत्तीस जना राजाहरू, तिनका घोडसवार र रथहरूसहित साथमा लिएर अघि बढे अनि सामरियालाई घेरामा हालेर त्‍यसमाथि आक्रमण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब अरामका राजा बेन-हददले आफ्‍ना सबै फौज जम्‍मा गरे। उनले बत्तीस राजाहरू, उनीहरूका घोड़ाहरू र रथहरूसमेत साथमा लिएर माथि सामरियामा घेरा हालेर त्‍यसलाई आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अरामका राजा बेन-हददले आफ्नो सम्पूर्ण फौजलाई भेला गरे। बत्तीस जना राजाहरू, तिनीहरूका घोडाहरू र रथहरूलाई साथमा लिएर अगि बढे; अनि तिनले सामरियालाई घेरा हालेर त्यसमाथि आक्रमण गरे।
Nepali ERV (पवित्र बाइबल)
बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्राामण गरे अनि त्यसको विरोधमा लडाईं गरे।