1 Kings 20:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिम्रो यस सहरलाई यसरी ध्वंस गर्नेछु कि त्यसको धूलो मेरा सेनालाई एक-एक मुट्ठी पनि पुग्नेछैन। म प्रशस्त सेना लिएर आउँछु। यति गर्न सकिनँ भने देवताहरूले मलाई नाश पारून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बेन-हददले आहाबलाई अर्को समाचार पठाए: “ध्वंस गरेको सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पनि पुग्यो भने, देवताहरूले मलाई त्यस्तै व्यवहार अथवा त्योभन्दा पनि कठोर व्यवहार गरून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बेन-हददले आहाबकहाँ अर्को समाचार पठाए: “सामरियामा मेरा प्रत्येक मानिसहरूलाई एक-एक मुट्ठी पनि पुग्ने गरी धुलो बाँकी रहेछ भने मेरा देवताहरूले मप्रति कठोर व्यवहार गरून्।”
Nepali ERV (पवित्र बाइबल)
तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”