1 Kings 20:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन-हददले आफ्ना मित्र राजाहरूसित पालमा बसेर मद्य पिइरहेका बेलामा आहाबको उत्तर पाए। उनले आफ्ना सेनालाई सहरमाथि हमला गर्न तयारी हुने आज्ञा दिए र तिनीहरू हमला गर्न तयार भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन-हदद र अरू राजाहरू आफ्ना पालहरूमा मद्य पिइरहेका थिए तब त्यो समाचार उनले सुने, र उनले आफ्ना मानिसहरूलाई “आक्रमण गर्नलाई तयार बस” भनी हुकुम दिए। अनि उनीहरूले त्यो सहर आक्रमण गर्न तयार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बेन-हदद र अरू राजाहरू आफ्ना पालहरूमा मद्य पिइरहेका थिए, तब तिनले यो समाचार सुने, र तिनले आफ्ना मानिसहरूलाई “आक्रमण गर्न तयार हुनु” भनेर हुकुम दिए। यसकारण तिनीहरू सहरमाथि आक्रमण गर्न तयार भए।
Nepali ERV (पवित्र बाइबल)
राजा बेन-हदद अरू शासकहरू सँग आफ्नो पालमा मद्यपान गरिरहेका थिए। त्यस बेला संदेशवाहकहरू आए अनि उनलाई राजा आहाबको संदेश दिए। राजा बेन-हददले आफ्ना मानिसहरूलाई आहाबको शहरलाई आक्रमण गर्न तयार हुने आदेश दिए। उनका मानिसहरू तिनीहरू आफैं युद्धका निम्ति तयार भए।