1 Kings 20:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसै बीचमा एउटा अगमवक्ताले आहाब राजाकहाँ आएर भने, “परमप्रभु भन्नुहुन्छ, ‘ठूलो सेना देखेर नडरा! म आज तँलाई त्यसमाथि विजय दिनेछु र म परमप्रभु हुँ भनी तैँले जान्नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा एक जना अगमवक्ता इस्राएलका राजा आहाबकहाँ आएर घोषणा गरे, “परमप्रभु यसो भन्नुहुन्छ: ‘के तैंले यो विशाल सेनालाई देख्दैछस्? आजै म त्यो तेरो हातमा सुम्पिदिनेछु, र तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि एक जना अगमवक्ता आहाब राजाकहाँ आएर घोषणा गरे, “याहवेह यसो भन्नुहुन्छ: ‘के तँ यो विशाल फौज देख्दैछस्? म यसलाई आज तेरो हातमा दिनेछु, र तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।”‘