1 Kings 20:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबले सोधे, “हमला गर्न कसलाई अघि सारूँ?” अगमवक्ताले जवाफ दिए, “परमप्रभु भन्‍नुहुन्‍छ कि जिल्‍ला-जिल्‍लामा बडा-हाकिमहरूका अधीनमा रहेका जवान सिपाहीहरूले यस काममा अघि सर्नुपर्नेछ।” “लडाइँ कसले सुरु गर्ने?” राजाले सोधे। “तपाईंले!” अगमवक्ताले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाबले सोधे, “तर त्‍यो कसले गर्छ त?” अगमवक्ताले जवाफ दिए, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: प्रान्‍तका सेनापतिहरूका अधिकृतहरूले त्‍यो गर्नेछन्‌।” तिनले सोधे, “लड़ाइँ कसले सुरु गर्नेछ?” अगमवक्ताले जवाफ दिए, “तपाईंले।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाबले सोधे, “तर यो कसले गर्नेछ?” ती अगमवक्ताले जवाफ दिए, “याहवेह यसो भन्‍नुहुन्छ: ‘तेरा प्रान्तिय सेनापतिहरूका जवान अधिकारीहरूले गर्नेछन्।’ ” तिनले सोधे, “अनि लडाइँ कसले सुरु गर्नेछ?” ती अगमवक्ताले जवाफ दिए, “तपाईंले।”
Nepali ERV (पवित्र बाइबल)
आहाबले भने, “तिनीहरूलाई परास्त गर्नका लागि तपाईं कसलाई प्रयोगगर्न हुनेछ?” अगमवक्ताले भने, “परमप्रभु भन्नुहुन्छ, ‘सरकारी अधिकारीका साना सहायकहरू।”‘ तब राजाले सोधे, “मुख्य सेनालाई कसले नियन्त्रण गर्छ?” अगमवक्ताले उत्तर दिए, “तपाईंले।”