1 Kings 20:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन-हददले आज्ञा गरे, “तिनीहरू लडाइँ गर्न आएका भए पनि वा लडाइँ नगरी सन्धि गर्न आएका भए पनि जिउँदै पक्रनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भने, “यदि तिनीहरू शान्तिको निम्ति आएका हुन् भने, तिनीहरूलाई जिउँदै पक्र। यदि युद्ध गर्न आएका रहेछन् भने पनि तिनीहरूलाई जिउँदै पक्र।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “चाहे तिनीहरू शान्तिको निम्ति आएका हुन् अथवा युद्धको निम्ति आएका हुन्, तिनीहरूलाई जिउँदै पक्र।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”