1 Kings 20:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि ती अगमवक्ताले फेरि आहाब राजाकहाँ आएर भने, “फर्केर जानुहोस् र आफ्नो सेना बलियो गराउनुहोस्। होशियारीसाथ लडाइँको बन्दोबस्त मिलाउनुहोस् किनभने आउँदो बसन्तमा अरामका राजाले फेरि हमला गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर तिनलाई भने, “तपाईंको स्थान सुदृढ़ पारिराख्नुहोस्, र के गर्नुपर्छ सो विचार गर्नुहोस्, किनभने आउँदो बसन्त ऋतुमा अरामका राजाले तपाईंलाई फेरि आक्रमण गर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पछिबाट ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर भने, “आफ्नो स्थिति बलियो पार्नुहोस्, र अब के गर्ने हो, सो विचार गर्नुहोस्; किनकि आउँदो बसन्त ऋतुमा अरामका राजाले तपाईंमाथि फेरि आक्रमण गर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउंदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”