1 Kings 20:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन-हदद राजाका अधिकृतहरूले उनलाई भने, “इस्राएलका देवताहरू पहाडका देवता हुन्। त्यही कारण इस्राएलीहरूले हामीलाई जिते। तर समतल मैदानमा लडाइँ गर्न पायौं भने हामीले निश्चय नै तिनीहरूलाई जित्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा अरामका राजाका अधिकारीहरूले उनलाई यो सल्लाह दिए, “तिनीहरूका ईश्वरहरू त पहाड़हरूका ईश्वरहरू हुन्। यसैकारण तिनीहरू हामीहरूका निम्ति साह्रै शक्तिशाली थिए। तर यदि हामीले तिनीहरूसित मैदानमा लड़ाइँ गर्यौं भने, हामी तिनीहरूभन्दा अझ शक्तिशाली हुनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अरामका राजाका अधिकारीहरूले तिनलाई सल्लाह दिए, “तिनीहरूका देवताहरू पहाडका देवताहरू हुन्। त्यसैकारण तिनीहरू हाम्रो निम्ति अधिक शक्तिशाली थिए। तर यदि हामीले मैदानमा तिनीहरूसित युद्ध गर्यौँ भने हामी तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्राएलका देवताहरू ता पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौ। यसकारण इस्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरू सँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं।