1 Kings 20:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि अघि तपाईंलाई छोडी भागेर जाने सेना जतिकै ठूलो सेना जम्‍मा गर्नुहोस्। घोडचढी सेना र रथहरू पनि अघिको जतिकै हुनुपर्छ। हामीले इस्राएलीहरूसित मैदानमा लडाइँ गर्नेछौं र यसपालि तिनीहरूलाई जित्‍नेछौं।” राजा बेन-हदद राजी भए र तिनीहरूको सल्‍लाहअनुसार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघि हारेको सेनाजस्‍तै अर्को एउटा सेना खड़ा गर्नुहोस्‌— घोड़ाको लागि घोड़ा र रथको लागि रथ— र इस्राएलीहरूसित हामी मैदानमा यसरी लड्‌न सकौं। तब हामी निश्‍चय नै तिनीहरूभन्‍दा शक्तिशाली हुनेछौं।” उनी उनीहरूसित सहमत भए र त्‍यसैबमोजिम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले गुमाउनुभएको त्यो फौजजतिकै ठूलो सेना आफ्नो निम्ति भेला गर्नुहोस्। अनि घोडाको बदली घोडा, र रथको बदली रथ खडा गर्नुहोस्। अनि हामी इस्राएलीहरूसित मैदानमा युद्ध गर्न सक्नेछौँ। तब हामी निश्‍चय नै तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।” तिनी उनीहरूसित सहमत भए, र त्यस्तै गरे।
Nepali ERV (पवित्र बाइबल)
“अब तिनी मासिएको सैनिक जस्तैं सैनिक गठन गर। त्यस सेनाका जस्तैं घोडाहरू र रथहरू भेला गर। त्यसपछि हामीले सम्म भूमिमा इस्राएलीहरू सँग लडाईं गर्नु पर्छ। तब हामी जित्ने छौं।” बेन-हददले तिनीहरूको सल्लाह माने। उनले त्यही गरे जो तिनीहरूले भने।