1 Kings 20:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू पनि हात-हतियार लिएर भेला भए र अघि बढेर गई अरामवासीहरूको सामुन्‍ने दुई दल भएर छाउनी हालेर बसे। अरामका सेना बस्‍तीको मैदानमा चारैतिर छरिएर बसेका थिए र तिनीहरूका सामुन्‍ने इस्राएलीहरू बाख्राका स-साना दुई दलजस्‍ता मात्र देखिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू पनि भेला भए, र तिनीहरूलाई खाने सामग्री आदि दिइएपछि तिनीहरू दल-दल गरी उनीहरूसित भिड्‌नलाई निस्‍के। इस्राएलीहरूले उनीहरूको विपरीत छाउनी बनाए। इस्राएलीहरू बाख्राका दुई ससाना बगालजस्‍तै थिए, तर अरामीहरूचाहिँ मैदानका चारैतिर फैलिएर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूलाई पनि भेला गराइयो, र तिनीहरूका निम्ति खानेकुरा जुटाइयो; अनि उनीहरूसित लडाइँ गर्नलाई तिनीहरू निस्के। इस्राएलीहरू तिनीहरूका सामु बाख्राका दुई वटा साना बथानझैँ छाउनी हालेर बसे; र अरामीहरूले चाहिँ बस्ती नै ढाकेर बसे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरू युद्धका लागि तयार भए। इस्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिंडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्राएलीहरू बाख्राका दुइवटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।