1 Kings 20:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना अगमवक्ताले आहाब राजाकहाँ गएर भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘अरामवासीहरूले मलाई पहाडका परमेश्‍वर हो; तर मैदानको होइन भन्‍छन्। यसकारण म तँलाई तिनीहरूको ठूलो सेनामाथि विजय दिनेछु र तँ र तेरा प्रजाले म परमप्रभु हुँ भनी जान्‍नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरका जन इस्राएलका राजाकहाँ आएर तिनलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘अरामीहरूले परमप्रभु त डाँड़ाहरूका ईश्‍वर हुन्, बेँसीका ईश्‍वर होइनन्‌ भनी सम्‍झन्‍छन्‌। यसकारण म यस विशाल सेनालाई तेरो हातमा सुम्‍पिदिनेछु, र तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक जना परमेश्‍वरका जनले आएर इस्राएलका राजालाई भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘अरामीहरूले याहवेह बेँसीको होइन, तर पहाडको देवता हुन् भनी सम्झेका हुनाले म यस विशाल फौजलाई तेरो हातमा सुम्पिदिनेछु। अनि तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘