1 Kings 20:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँचेका जति अपेक सहरमा भागेर गए अनि त्‍यहाँ पनि सत्ताईस हजार पुरुषहरूमाथि सहरका पर्खालहरू भत्‍केर खसे। बेन-हदद पनि सहरमा भागेर गए र एउटा घरको भित्री कोठामा आश्रय लिएर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूमध्‍येका बाँचेकाहरू अपेक सहरमा भागे, जहाँ सहरको पर्खाल भत्‍केर सत्ताईस हजारमाथि ढल्‍यो। अनि बेन-हददचाहिँ सहरमा भागे, र भित्री कोठामा गएर लुके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका बाँकी रहेकाहरूचाहिँ अपेकको सहरमा भागे, जहाँ तिनीहरूमध्ये सत्ताइस हजारचाहिँ पर्खाल ढलेर मरे। बेन-हददचाहिँ सहरमा भागेर गए, र भित्री कोठामा गएर लुके।
Nepali ERV (पवित्र बाइबल)
बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।