1 Kings 20:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका अधिकृतहरू गएर उनलाई भने, “इस्राएली राजाहरू कृपालु हुन्‍छन् भनी हामीले सुनेका छौं। हामीलाई कम्‍मरमा भाङ्ग्रा लाएर घिच्रामा डोरी बाँधी इस्राएलका राजाकहाँ जाने अनुमति दिनुहोस् र सायद उनले हाम्रो प्राण छोडिदेलान्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनका अधिकारीहरूले उनलाई भने, “सुन्‍नुहोस्, इस्राएलको घरानाका राजाहरू त कृपालु मानिसहरू छन्‌ भन्‍ने हामीले सुनेका छौं। यसकारण हामी आ-आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लगाऔं, र टाउकोमा डोरी बाँधेर इस्राएलका राजाकहाँ जाऔं। शायद तिनले तपाईंको प्राण जोगाइदिनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका अधिकारीहरूले तिनलाई भने, “हेर्नुहोस्, हामीले इस्राएलका घरानाका राजाहरू कृपालु हुन्छन् भनेर सुनेका छौँ। हामी कम्मरमा भाङ्ग्रा लगाऔँ, शिरमा डोरीहरू बाँधौँ र इस्राएलका राजाकहाँ जाऔँ। सायद तिनले तपाईंको प्राण जोगाइदेलान् कि।”
Nepali ERV (पवित्र बाइबल)
उनका सेवकहरूले उनलाई भने, “हामीले सुनेका थियौं, इस्राएलका राजाहरू दयालु छन्। हामी खस्रो लुगा लगाऔं अनि टाउकोमा डोरी बाँधौं। त्यसपछि इस्राएलका राजा कहाँ जाऔं। हुन सक्छ उनीले हामीलाई जिउँदो बस्न दिने छन्।”