1 Kings 20:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले कम्मरमा भाङ्ग्रा र घिच्रामा डोरी बाँधे र आहाबकहाँ गई भने, “तपाईंको सेवक बेन-हदद तपाईंसँग प्राणको भिख माग्दछन्।” आहाबले भने, “के उनी अझै जिउँदै छन्? बेस भयो? उनी मेरा भाइ बराबर हुन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण आफ्ना कम्मरमा भाङ्ग्रा ओढ़ेर र टाउकोमा डोरी बाँधेर उनीहरूले इस्राएलका राजाकहाँ गएर भने, “हजूरका दास बेन-हदद भन्दछन्: ‘कृपा गरी मलाई बाँच्न दिनुहोस्’।” राजाले जवाफ दिए, “के उनी अझै जीवित छन्? उनी त मेरा दाज्यै हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले आफ्ना कम्मरमा भाङ्ग्रा लगाए, र शिरमा डोरी बाँधे; अनि इस्राएलका राजाकहाँ गएर भने, “तपाईंको सेवक बेन-हदद भन्छन्: ‘दया गरी मलाई बाँच्न दिनुहोस्।’ ” राजाले जवाफ दिए, “के तिनी जीवितै छन्? तिनी त मेरा भाइ हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले खस्रो लुगा लगाएर टाउकोमा डोरी बाँधे। तिनीहरू इस्राएलका राजाकहाँ गए। तिनीहरूले भने, “तिम्रो सेवक, बेन-हदद भन्दछन्, ‘कृपया मलाई बाँच्न देऊ।”‘ आहाबले भने, “के उनी अझै जिउँदै छन्? उनी मेरा भाइ हुन्।”