1 Kings 20:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन-हददका अधिकृतहरूले केही शुभ-लक्षण खोज्दै थिए र जब आहाबले “भाइ” भनेपछि, तिनीहरूले झट्टै मौका लिएर भने, “तपाईंले भन्नुभएअनुसार बेन-हदद तपाईंका भाइ नै हुन्।” “उनलाई मकहाँ ल्याओ,” आहाबले आज्ञा गरे। बेन-हदद आएपछि आहाबले उनलाई आफूसित रथमा चढ्न निम्त्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती मानिसहरूले राजाको यस कुरालाई शुभ लक्षण सम्झेर झट्टै त्यही कुरा साँचो ठानेर भने, “ज्यू, हजूरको दाइ बेन-हदद।” राजाले भने, “गएर उनलाई ल्याओ।” जब बेन-हदद बाहिर निस्केर आए, तब आहाबले उनलाई आफ्नो रथमा चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरूले यसलाई एउटा असल लक्षण भन्ने सम्झे, र झट्टै तिनको कुरामा मौका पारेर भने, “हो, तपाईंको भाइ बेन-हदद नै हुन्!” तब राजाले भने, “गएर तिनलाई ल्याओ।” जब बेन-हदद निस्केर आए, तब राजाले तिनलाई आफ्नो रथमा चढाए।
Nepali ERV (पवित्र बाइबल)
बेन-हदूदका मानिसहरूले अहाबको शब्दको संकेत सुन्ने आशा गरेका थिए त्यो उसले बेन-हदूदलाई मार्ने छैन्। जब राजा आहाबले भन्यो त्यो बेन-हदद उसको भाइ थियो, सल्लाहकारले लगत्तै भने, “हो, बेन-हदद तपाईंका भाई हुन्।” आहाबले भने, “उनलाई मकहाँ ल्याऊ।” यसकारण बेन-हदद राजा आहाब समक्ष आए। राजा आहाबले उनलाई ऊ सितै रथमा बस्नभने।