1 Kings 20:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन-हददले भने, “मेरा बुबाले तपाईंका बुबाबाट लिएका सहरहरू म तपाईंलाई फर्काइदिनेछु। मेरा बुबाले सामरियामा गरेझैँ तपाईंले दमस्कसमा एउटा व्यापार केन्द्र खोल्नुहोस्।” आहाबले जवाफ दिए, “तिमीले त्यस्ता शर्तहरू गर्छौ भने म तिमीलाई छोडिदिनेछु।” उनीसित एउटा सन्धिपत्र बनाएर आहाबले उनलाई जान दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन-हददले तिनलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म तपाईंलाई फिर्ता गरिदिनेछु। अनि मेरा पिताले सामरियामा गरेझैँ तपाईंले पनि दमस्कसमा व्यापारका बजारहरू स्थापित गर्न सक्नुहुन्छ।” आहाबले भने, “सन्धि गरेर ती शर्तहरूमा म तिमीलाई छोड़िदिनेछु।” यसैले तिनले बेन-हददसँग एउटा सन्धि गरे र उनलाई छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन-हददले भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म फर्काइदिनेछु। मेरा पिताले सामरियामा गरेझैँ तपाईंले दमस्कसमा आफ्नै व्यापार स्थलहरू राख्न सक्नुहुन्छ।” आहाबले भने, “म एउटा सन्धिको आधारमा तपाईंलाई छोडिदिनेछु।” यसकारण तिनले उनीसित एउटा सन्धि गरे, र उनलाई जान दिए।
Nepali ERV (पवित्र बाइबल)
बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशाकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।” आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।