1 Kings 20:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आज्ञा पाएर अगमवक्ता दलका एउटाले अर्कोलाई आफूलाई हिर्काउन भने तर उनले हिर्काउन मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको वचनद्वारा अगमवक्ताका छोराहरूमध्येका एक जनाले आफ्नो कुनै एउटा साथीलाई भने, “मलाई तिम्रो हतियारले हिर्काऊ।” तर त्यस मानिसले इन्कार गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको वचनअनुसार अगमवक्ताहरूका छोराहरूमध्ये एक जनाले आफ्ना साथीलाई भने, “मलाई तिम्रो हतियारले प्रहार गर,” तर त्यस मानिसले अस्वीकार गर्यो।
Nepali ERV (पवित्र बाइबल)
एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्।