1 Kings 20:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा अघिल्लो अगमवक्ताले साथीलाई भने, “तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, यसर्थ तिमी मलाई छाडेर जानासाथ एउटा सिंहले तिमीलाई मार्नेछ।” र साँच्चै उनी त्यहाँबाट हिंडेपछि एउटा सिंहले उनलाई मार्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती अगमवक्ताले भने, “तिमीले परमप्रभुको आज्ञा नमानेका हुनाले, मलाई छोड़ेर जाने बित्तिकै तिमीलाई एउटा सिंहले मार्नेछ।” अनि जब त्यो मानिस गइहाल्यो, तब एउटा सिंहले भेटेर त्यसलाई मार्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती अगमवक्ताले भने, “याहवेहको आज्ञापालन नगरेका हुनाले तिमी मबाट जानसाथ एउटा सिंहले तिमीलाई मार्नेछ।” अनि त्यो मानिस जानेबित्तिक्कै एउटा सिंहले भेट्टायो, र त्यसलाई मार्यो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।