1 Kings 20:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती अगमवक्ताले चेहरामा लुगाको पट्टि बाँधेर भेष बदले र इस्राएलका राजा जाने बाटोमा गई बाटोछेउमा उनलाई पर्खेर उभिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती अगमवक्ता गएर बाटोमा राजालाई पर्खिबसे। तिनले आफ्‍ना आँखामा फेटा बाँधेर गुप्‍त भेष बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती अगमवक्ता त्यहाँबाट हिँडे, र तिनले आफ्ना शिरको फेटा आँखासम्म झारेर भेष बदले। अनि बाटोको किनारमा राजाको बाटो हेर्दै पर्खिरहे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले।