1 Kings 20:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा त्यताबाट जाँदैगर्दा अगमवक्ताले उनलाई कराएर भने, “राजन्! म लडाइँ गरिरहेको बेलामा एउटा सिपाहीले एउटा शत्रुलाई कैद गरी मकहाँ ल्याएर यसको चौकिदारी गर, यो भागेर गयो भने तिमीलाई प्राणदण्ड हुनेछ अथवा तिमीले चाँदीका तीन हजार टुक्रा जरिमाना दिनुपर्नेछ भन्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसै राजा छेउबाट गए, तब ती अगमवक्ताले बोलाएर भने, “हजूर, म तपाईंको दास लड़ाइँको मुखैमा परेको थिएँ, र कसैले कोही एक जना कैदी लिएर मकहाँ आएर मलाई भन्यो, ‘यस मानिसलाई रक्षा गरिराख्। कथम्कदाचित् यो मानिस भाग्यो भने, कि त तेरो ज्यान जानेछ कि एक तोड़ा चाँदी तैंले तिर्नुपर्नेछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब राजा त्यहाँबाट गए, तब ती अगमवक्ताले कराएर तिनलाई भने, “तपाईंको सेवक लडाइँको मुखैमा पुग्यो। अनि कसैले एउटा कैदी लिएर मकहाँ आएर भन्यो, ‘यस मानिसमाथि नजर राख। यदि यो हरायो भने यसको जीवनको सट्टा तिम्रो जीवन दिनुपर्नेछ, नत्रता तिमीले एक टालेन्ट चाँदी तिर्नुपर्नेछ।’
Nepali ERV (पवित्र बाइबल)
जब राजा आए अनि अगमवक्ताले उनलाई बोलाए र भने, “म युद्धमा लडाईं गर्न हिंडे। हाम्रा चार जना मानिसहरू मध्ये एक जनाले एक जना शत्रुको सैनिक मकहाँ ल्यायो। मानिसले भन्यो, ‘यस मानिसलाई हेरिराख। यदि यो मानिस भाग्यो भने तैंले आफ्नो जीवन यसको ठाउँमा दिनु पर्छ अथवा तैंले एक तोडा सुन दण्ड तिर्नु पर्नेछ।’