1 Kings 20:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि अगमवक्ताले राजालाई भने, “यो परमप्रभुको वचन हो— ‘मैले मार्नू भनी आज्ञा गरेको मानिसलाई तैँले भाग्न दिइस्। त्यसकारण त्यसको निम्ति तैँले आफ्ना प्राण दिनुपर्नेछ। त्यसका सेनालाई भाग्न दिएकाले तेरा सेना पनि नाश गरिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले राजालाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: मैले मार्न निश्चय गरेको मानिसलाई तैंले छोड़िदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसको प्रजाको साटो तेरो प्रजा हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: ‘मैले मारिनैपर्छ भनेर निश्चय गरेको मानिसलाई तैँले छोडिदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसका मानिसहरूको साटो तेरा मानिसहरू हुनेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गराउनु भयो जसलाई मैंले भनेथे त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्!”‘