1 Kings 20:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब म मेरा भारदारहरूलाई तिम्रा राजमहल र भारदारहरूका घरको तलासी लिन पठाउनेछु। जे कुरा तिनीहरूले मूल्‍यवान् पाउनेछन्, त्‍यो लिनेछन्। भोलि यति नै बेला तिनीहरू त्‍यहाँ आइपुग्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भोलि यही बेला म मेरा अधिकारीहरूलाई तिम्रो राजमहल र तिम्रा अधिकृतहरूका घरहरू तलाशी गर्न पठाउनेछु। उनीहरूले तिमीले मूल्‍यवान्‌ सम्‍झेका सबै चीज खोसेर लैजानेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलि यही समयतिर म मेरा अधिकारीहरूलाई तिम्रो दरबार र तिम्रा अधिकारीहरूका घरहरूको छानबिन गर्न पठाउनेछु। तिमीले मूल्यवान् ठानेका चीजहरू कब्जा गरेर तिनीहरूले लैजानेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
भोलि म तिम्रो घर र तिम्रा अधिकारीहरूको घर खोजीनिधि गर्न मानिसहरू पठाउँदैछु। तिमीले मेरा मानिसहरूलाई सबै बहुमूल्य वस्तुहरू दिनु पर्छ अनि तिनीहरूले ती वस्तुहरू म कहाँ ल्याउनेछन्।”‘