1 Kings 20:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाब राजाले देशका सबै अगुवाहरूलाई बोलाएर भने, “देख्‍यौ त? यस मानिसले हाम्रो नाश गर्न चाहन्‍छ। उसले मेरो सुन, चाँदी, स्‍वास्‍नी र छोरा-छोरीहरूको माग गर्‍यो र त्‍यो कुरा मैले मानें।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजाले देशका सबै धर्म-गुरुहरूलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “तपाईंहरू देख्‍नुहुन्‍छ कि यो मानिसले त झगड़ाको निहुँ मात्र खोज्‍दैछ! त्‍यसले मेरा पत्‍नीहरू, मेरा छोराछोरीहरू र मेरा सुनचाँदीहरू दाबी गर्दा मैले इन्‍कार गरिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजाले देशका सबै प्रधानहरूलाई बोलाउन पठाए, र तिनीहरूलाई भने, “हेर्नुहोस्, यस मानिसले कसरी झगडा गर्ने मौका खोज्दैछ! त्यसले मेरा पत्नीहरू र छोराछोरीहरू अनि मेरा सुन र चाँदीहरू माग गर्दा मैले तिनलाई इन्कार गरिनँ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजा आहाबले देशका सबै प्रमुख अगुवाहरूको सभा बोलाए। आहाबले भने, “हेर, बेन-हदद संकट खोजिरहेका छन्। पहिला उनले मलाई भने मैले उनलाई मेरा पत्नीहरू, मेरा नानीहरू, मेरो चाँदी र मेरो सुन दिनु पर्छ। ती वस्तुहरू उनलाई दिन म राजी भएँ। अनि अहिले उनी सबै वस्तुहरू लिन चाहन्छन्।”