1 Kings 20:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबले बेन-हददका दूतहरूलाई यस्‍तो जवाफ दिए, “मेरा स्‍वामी तिम्रा राजालाई भनिदेऊ कि मैले उनको पहिलो माग स्‍वीकार गरें; तर यो दोस्रो मागसँग म राजी हुन सक्‍दिनँ।” दूतहरू बिदा भएर गए तर फेरि बेन-हददबाट अर्को खबर लिएर फर्किआए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण तिनले बेन-हददका समाचारवाहकहरूलाई यो जवाफ दिए, “मेरा प्रभु महाराजालाई यसो भन, ‘महाराजाका पहिलो पल्‍टका मागहरू म सबै दिनेछु। तर यो माग म पूरा गर्न सक्‍दिनँ।” तिनीहरू गए, र बेन-हददलाई यो जवाफ दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले बेन-हददका दूतहरूलाई जवाफ दिए, “मेरा मालिक महाराजालाई भनिदेओ, ‘तपाईंको सेवकले तपाईंले पहिले मागेका कुराहरू सबै दिनेछ, तर यो मागचाहिँ म पूरा गर्न सक्दिनँ।’ ” तिनीहरू गएर त्यो जवाफ बेन-हददकहाँ पुर्‍याइदिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण आहाबले एक जना राजदूत बेन हदद समक्ष पठाए। आहाबले भने, “म त्यही गर्नेछु जो तिमीले पहिला भनेका थियौ। तर म तिम्रो दोस्रो आदेश पालन गर्ने छैन।” राजा बेन-हददका मानिसहरूले संदेश राजाकहाँ पुर्याए।