1 Kings 21:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो खबर पाउनेबित्तिकै ईजेबेलले आहाबलाई भनिन्, “नाबोत मर्यो। अब गएर त्यसले बेच्न राजी नभएको दाखबारी लिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाबोत ढुङ्गाले हानेर मारिए भन्ने कुरा ईजेबेलले सुन्ने बित्तिकै तिनले आहाबलाई भनिन्, “उठेर यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको दाखबारी दखल गर्नुहोस्। त्यो अब जीवित छैन, तर मर्यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नाबोतलाई ढुङ्गाले हानेर मारियो भन्ने ईजेबेलले सुन्नेबित्तिकै तिनले आहाबलाई भनिन्, “उठ्नुहोस् र यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको त्यसको दाखबारीमाथि अधिकार गर्नुहोस्। ऊ अब जीवित छैन।”
Nepali ERV (पवित्र बाइबल)
जब ईजेबेलले यो सुनिन्, तिनले आहाबलाई भनिन्, “यिज्रेलीबाटका मानिस नाबोत जसले तपाईंलाई उसको भूमि बेच्न इन्कार गरेका थिए उ मर्यो। अब तपाईं जानु सक्नुहुन्छ अनि तपाईंले चाहेको दाखबारी अधिकार लिनु सक्नुहुन्छ।”