1 Kings 21:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु त्‍यसलाई यसो भन्‍दै छु भनी सुनाइदे ‘नाबोतको हत्‍या गरेर अब त्‍यसको जमिन पनि लिन खोज्‍दै छस्? नाबोतको रगत जुन-जुन ठाउँमा कुकुरहरूले चाटेका छन्, त्‍यस-त्‍यस ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: के तैंले एक जना मानिसको हत्‍या गरेर त्‍यसको सम्‍पत्ति कब्‍जा गरेको छैनस्‌ र?’ तब त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: नाबोतको रगत कुकुरहरूले चाटेकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्‌नेछन्‌— हो, तेरै रगत’!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: के तँलाई नाबोतको हत्या गरेर पुगेन र त्यसको सम्पत्ति पनि खोसिस्?’ त्यसपछि त्यसलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: जहाँ कुकुरहरूले नाबोतको रगत चाटेका थिए, त्यही ठाउँमा तेरो पनि रगत कुकुरहरूले चाट्नेछन्!’ ”
Nepali ERV (पवित्र बाइबल)
आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘