1 Kings 21:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन आहाबले नाबोतलाई भने, “मलाई तिम्रो दाखबारी देऊ। त्‍यो मेरो महलको छेउमा छ र म त्‍यहाँ सागसब्‍जी लाउनेछु। त्‍यसको सट्टामा म तिमीलाई अझ असल एउटा दाखबारी दिनेछु अथवा तिमी माग्‍छौ भने म त्‍यसको उचित दाम दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाबले नाबोतलाई भने, “मलाई तिम्रो दाखबारी मेरो सागबारी बनाउन देऊ, किनभने त्‍यो मेरो राजमहलको छेउमा नै छ। त्‍यसको बदलीमा म तिमीलाई एउटा अर्को त्‍योभन्‍दा राम्रो दाखबारी दिनेछु, अथवा तिम्रो इच्‍छा भए त्‍यसको जति दाम लाग्‍छ म दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मेरो दरबारको छेउमा भएकोले त्यो मलाई मेरो करेसाबारी बनाउनलाई देऊ। त्यसको सट्टामा म तिमीलाई अझ उत्तम दाखबारी दिनेछु, अथवा यदि तिमी चाहन्छौ भने त्यसको जति मूल्य पर्छ, सो म तिर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”