1 Kings 21:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलियालाई देखेर आहाबले भने, “ए मेरो शत्रु, तिमीले मलाई भेट्टाइहाल्‍यौ नि?” एलियाले उत्तर दिए, “हो, भेट्टाएँ। परमप्रभुको दृष्‍टिमा जे कुरा खराब छन्, त्‍यही कुराहरू गर्न तपाईंले आफैंलाई बेचिसक्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाबले एलियालाई भने, “ए मेरो शत्रु, तैंले मलाई फेला पारिस्‌ त?” तिनले जवाफ दिए, “हो, मैले तँलाई फेला पारें, किनभने तैंले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यो गर्न आफैलाई बेचिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाइस्?” तिनले जवाफ दिए, “मैले तपाईंलाई भेट्टाएँ; किनकि याहवेहको दृष्‍टिमा दुष्‍टता गर्नलाई तपाईंले आफैँलाई बेच्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, “मेरा शत्रु! तिमीले फेरि मलाई भेट्‌यौ।” एलियाले उत्तर दिए, “हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरूद्ध पापहरू गरेर विताउनु भयो।