1 Kings 21:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभुले तपाईंलाई भन्नुहुन्छ ‘म तँमाथि सर्वनाश ल्याउनेछु र तेरा परिवारका सबै पुरुषहरू कमारा वा फुक्का होस्, सबैलाई मार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘अब म तँमाथि सर्वनाश ल्याइरहेछु। म तेरो साख-सन्तानलाई भस्म पार्नेछु र इस्राएलमा आहाबका घरानाको हरेक पुरुषलाई नाश गर्नेछु— कमारा होस्, कि फुक्का होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, ‘अब म तपाईंमाथि विपत्ति ल्याउनेछु। म तपाईंका सन्तानहरूलाई भस्म पार्नेछु र कमारा होस् कि फुक्का, आहाबका प्रत्येक पुरुषलाई नाश गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुले तिमीलाई भन्नुभएको छ, ‘म तिमीलाई नष्ट पार्ने छु। म तिम्रो परिवारको पुरूष सदस्य सबैलाई नष्ट गर्ने छु, चाहे तिनीहरू तपाईंका आफान्ताहरू हुन अथवा तपाईंका दासहरू।