1 Kings 21:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाबोतले भनेको कुरा सुनेर उदास र क्रोधित भई आहाब घर गए। उनी भित्तापट्टि मुख फर्काएर ओछ्यानमा लडिबसे र केही खाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले आहाब ठुस्‍स परी रिसाएर घर गए, किनभने यिजरेली नाबोतले भनेका थिए, “तपाईंलाई म आफ्‍नो पैतृक-सम्‍पत्ति दिनेछैनँ।” तिनी आफ्‍नो ओछ्यानमा ठुस्‍स परेर सुतिरहे र खान इन्‍कार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिजरेली नाबोतले “म आफ्ना पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिनेछैनँ” भनेको सुनेर आहाब उदास र क्रोधित भएर घर गए। तिनी खिन्‍न भई आफ्नो ओछ्यानमा ढल्किरहे, र केही पनि खाएनन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।