1 Kings 21:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनले केही चिठीहरू लेखेर आहाबका नाममा सही गरिन्, उनकै सिल-मोहोर लगाइन् र यिजरेलका मुख्य-मुख्य मानिस र अधिकृतहरूकहाँ पठाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ईजेबेलले आहाबको नाउँमा चिट्ठीहरू लेखिन्, त्यसमा राजाको मोहोर लगाइन्, र नाबोतको सहरमा तिनीसँग बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उनले आहाबको नाममा चिट्ठीहरू लेखिन्, र त्यसमा मोहर लगाइन्; अनि ती चिट्ठीहरू नाबोतको सहरमा तिनीसित बस्ने प्रधानहरू र भारदारहरूकहाँ पठाइन्।
Nepali ERV (पवित्र बाइबल)
तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे।