1 Kings 22:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई राजाहरू आफ्‍ना राजकीय पोशाक पहिरेर सामरियाको मूल-ढोकाबाहिर अन्‍न दाइँ गर्ने ठाउँनिर आफ्‍ना सिंहासनमा बसेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामुन्‍ने अगमवाणी भन्‍दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खला नजिक आ-आफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोषाकमा त्यहाँ थिए। तिनीहरू सिंहासनहरूमा बसिरहेका थिए। यो सामरियाको प्रवेशद्वारको छेऊ न्याय-आसनमा थियो। सबै अगमवक्ताहरू तिनीहरूको सामु उभिएका थिए अनि अगमवाणी गरिरहेका थिए।