1 Kings 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीमध्‍ये एक जना केनानाको छोरो सिदकियाहले फलामका सिङहरू बनाएर आहाबलाई भने, “परमप्रभु भन्‍नुहुन्‍छ— ‘यस्‍ता सिङहरू लिएर अरामीहरूसित लडाइँ गरी तिनीहरूमाथि पूरा विजय गर्नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केनानाका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्‍म उनीहरू नष्‍ट हुँदैनन्‌ तबसम्‍म हान्‍नुहुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्‍नेछौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताहरू मध्ये एकजना सिदूकिया नाउँ भएका मानिस थिए। तिनी केनानीका छोरा थिए। सिदूकियाले केही फलामका सींगहरू बनाए। तब उनले आहाबलाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तिनी यी फलामका सींगहरू अरामका सेनाको विरोधमा लडाईं गर्नमा प्रयोगगर्ने छौ। तिमीले तिनीहरूलाई परास्त गर्ने छौ अनि नष्ट पार्ने छौ।”‘