1 Kings 22:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी आहाब राजाका अघि हाजिर भए। राजाले उनलाई सोधे, “मीकाया, म र यहोशापात राजा गएर रामोतमाथि आक्रमण गरौं कि नगरौं?” मीकायाले उत्तर दिए, “आक्रमण गर्नुहोस्। निश्‍चय तपाईं विजयी हुनुहुनेछ। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔँ, कि नजाऊँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्‌। किनकि परमप्रभुले त्‍यो राजाको हातमा सुम्‍पिदिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनले जवाफ दिए, “आक्रमण गरेर विजयी हुनुहोस्। किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तब मीकाया राजा आहाब सामु उभिए। राजाले सोधे, “मीकाया, के हामी रामोत गिलादमा गएर युद्ध गर्नु अथवा नगर्नु?” मीकायाले उत्तर दिए, “हो, तपाईं झट्टै जानु पर्छ अनि अहिले तिनीहरूसँग युद्ध गर्नु पर्छ। परमप्रभुले राजालाई विजय गराउँनु हुनेछ।”