1 Kings 22:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीकायाले उत्तर दिए, “गोठालाबिनाका भेडाहरूजस्‍ता भएर इस्राएलका सेना डाँडाहरूमाथि छरपष्‍ट भएका म देख्‍दछु। अनि परमप्रभुले भन्‍नुभयो— ‘यी मानिसहरूको अगुवा छैन, तिनीहरू शान्‍तिसित घर जाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मीकायाले जवाफ दिए, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेड़ाहरूझैँ डाँड़ाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले यसो भन्‍नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्‌। हरेक शान्‍तिसित घर जाओस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मीकायाले जवाफ दिए, “मैले इस्राएललाई गोठाला नभएका भेडाहरूझैँ पहाडतिर छरिएको देखेँ, र याहवेहले भन्‍नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। प्रत्येक शान्तिसँग आ-आफ्नो घर फर्केर जाऊन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसकारण मीकायाले उत्तर दिए, “म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेडाहरू जस्तैं हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुदैन।”‘